राजनीति

बाजा बजाउनेको खोजबिन गर्न आयोगकाे निर्देशन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका बेला बाजा बजाएको भन्दै सोधेको स्पष्टीकरण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ चित्तबुझ्दो नभएको जनाएको छ ।

असोज २३ गते प्रचण्ड गोरखा–२ मा पुग्दा बाजागाजा बजाएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो नभएको भन्दै बाजा बजाउनेको खोजी गर्न आयोगले भनेको छ । प्रचण्डले स्पष्टीकरण दिँदा कसले बाजा बजायो थाहै नभएको जवाफ दिएका थिए ।

बिज्ञापन

तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए ? प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।