प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा संजय थापा निर्वाचित
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा संजय थापासहित ३१ सदस्यीय कमिटी निर्वाचित भएको छ ।
कमिटीको उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिवहरु चानक पोख्रेल, कर्ण शाही निर्विरोध निर्वाचित भएका मञ्चका निवर्तमान अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।
बिज्ञापन

गुरुङले आजबाट प्रवासी नेपाली मञ्चको अध्यक्षको गहन जिम्मेवारी थापालाई हस्तान्तरण गरेको बताएका छन् । उनले आफ्नो कमिटीमा रहेर खटिने, सहयोग गर्नेहरुलाई धन्यवादसमेत दिएका छन् ।
नवनिर्वाचित कमिटीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
