राजनीति

चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।

बिज्ञापन

चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा छन् । गठबन्धनका नेताहरू केही दिन अघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते देश भर एक साथ आम निर्वाचन हुने भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।