राजनीति

‘स्यालहरूले ठाडो घाँटी लगाएर हुँ–हुँ गर्दै एमाले कब्जा गर्न खोजे’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२५ कात्तिक,सुनसरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्ध्याउन खोज्नेहरू अब आफै सकिने बताएका छन् ।

आज धरानमा आयोजित चुनावीसभामा एमालेलाई सिद्ध्याउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिद्ध्याउन खोज्नेहरू अब आफै सकिने टिप्पणी गरे । उनले देश विकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौती दिए ।

बिज्ञापन

ओलीले एक्लै चुनाव लडे एमालेले सिद्ध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको बताएका छन् । कांग्रेसले समाजवादको कुरा गरे पनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताए ।
उनले विदेशी देख्ने बित्तिकै पुच्छर लुकाउने बाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सिटमा तालमेल गरेको धारणा राखे । अबको निर्वाचनमा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्नै नसक्ने ठोकुवा गरे । उनले लोसपालाई दशा लागेको बताउँदै प्रचण्ड पनि आफै विस्तारै सकिँदै जाने तर्क गरे ।

गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुबेको उनले आरोप लगाए । ओलीले अहिले टुक्राटुक्री जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसँगै सरकार बनाउने दाबी गरे । अध्यक्ष ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजित हुन परेको खुलाएका छन् । एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने उल्लेख गर्दै स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको समेत आरोप लगाए ।

‘एउटा नियम के छ भने एउटा स्याल एक ठाउँमा करायो भने जहाँसुकै भए पनि अप्ठ्यारो अवस्थामा छ भने पनि कराउने बित्तिकै अर्कोले सुनेपछि नकराई हुँदैन् । एउटा कराएपछि अर्कोले ठाडो घाँटी लगाएर हुँ हुँ गर्नैपर्छ,’ ओलीले सम्बोधनको क्रममा भने, ‘नेकपा एमालेभित्र पनि यो त होइन कि भन्यो ठाडो घाँटी लगाएर कराइहाल्नेहरुको जमात निस्कियो । उनीहरुले के ठाने भने यतिबेलै हो मौका, केपी ओली लाटो भएर मौका दियो, आफू अल्पमतमा छ, बहुमत दिएको बेलामा एमालेलाई कब्जा गर्न थाले ।

आफ्नो नेतृत्वमा ०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको ओलीको बुझाई छ । ‘मेरो अगुवाइमा मैले पार्टी एकीकरण गरेर नेपालको वामपन्थी आन्दोलनलाई बलियो बनाउने अभियान थालेको छु । सोही अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयुक्त घोषणापत्र जारी गरेर अघिल्लो चुनावमा गयौं,’ ओलीले भने, त्यो घोषणापत्र चुनावपछि सोही नीति अनुसारको बनाएर कार्यक्रम लागु गर्छौं भनेर तालमेल गर्‍यौं । दुईटा पार्टी मिलाउँदा राम्रै परिणाम पनि आयो । तर स्वदेश र स्वेदशीका लागि भन्दा पनि विदेशीका लागि अनुकूल, कम्फर्टेबल वाला ।

उनले हेदौहेर्दै आफूलाई सडकबाटै साधरण सदस्य समेत नरहने गरी निश्कासन गरेको उल्लेख गरे। ‘हेर्दाहेर्दै सडकबाट निर्वाचित अध्यक्षलाई सडकबाट साधरण सदस्य पनि नरहने गरी निष्काशन गरे,’ ओलीले भने, ‘एमाले सिद्याउने षडयन्त्र थियो, तर एमाले ९३ सालदेखिको संगठनात्मक इतिहास, आन्दोलनको इतिहास बोकेको पार्टी हो त्यो हुन दिइँदैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।