कृषि

विदेशबाट गाई ल्याउने किसानलाई वागमती सरकारले विमान भाडामा सहयाेग गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौँडा । वागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले विदेशबाट गाई ल्याउने किसानलाई हवाई भाडा बापत १ लाख रुपैयाँ अनुदान दिने कार्यविधि तयार पारेको छ । मन्त्रालयले विदेशबाट विमान मार्फत गाई ल्याउनुपर्दा हवाई भाडामध्यमा १ लाख रुपैयाँ अनुदान दिने कार्यविधि तयार पारिएको हो ।

विदेशबाट विमान मार्फत उन्नत जातको गाई नेपालमा ल्याउँदा निकै खर्चिलो हुने भन्दै मन्त्रालयले प्रति गाईको भाडा बापत १ लाख रुपैयाँ अनुदान दिने कार्यविधि तयार पारेको मन्त्रालयका प्रवक्ता झलनाथ कँडेलले बताए ।

बिज्ञापन

प्रदेशको मन्त्रालयले ‘उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम सञ्चालन प्रक्रिया–२०७९’ कार्यविधी स्वीकृत गर्दै अनुदानमा गाई ल्याउनका लागि सहज बनाएको हो । गार्इपालन गर्ने किसानले उन्नत जातका गाई विदेशबाट ल्याउँदा यो कार्यविधी पुरा गरेमा सहज रुपमा ल्याउन सक्ने मन्त्रालयले जनाएको छ ।

कार्यविधिमा अनुदान प्राप्त गर्नको लागि गाई आयतकर्ताले गाई आयत गरेको देश, संख्या,गाईको जात, खरिद गरेको प्रमाण, ढुवानीको टिकट, विल, बैंक कारोबारको प्रतिलिपि, सम्झौता अनुसारको कागजात सहित भुक्तानीको लागि निवेदन पेश गर्नुपर्ने हुन्छ ।

नेपालमा उन्नत जातको गाईको अभावको कारण दुध उत्पादनमा कमि आएको भन्दै बागमती प्रदेश सरकारले यो कार्यक्रम ल्याएर किसानमा उत्साह थपेको प्रदेश दुग्ध विकास वोर्ड, बामगती प्रदेशका उपाध्यक्ष टिका बल्दब सापकोटाले बताए ।

नेपाल प्रेससँग कुरा गर्दै सापकोटाले विदेशबाट उन्नत जातको गाई आयत गर्दा निकै महंगो पर्ने हुँदा यहाँका किसानहरुले ती गाईहरु आयत गर्न नसकेको गुनासोपछि आफूहरुको सहकार्यमा मन्त्रालयले अनुदानको कार्यक्रम पारित गरेको बताए । सबै प्रदेश तथा संघिय सरकारले पनि किसानलाई यस्ताखाले अनुदानको व्यवस्था गरि दुग्ध उत्पादन व्यवसाय बढाउनको लागि सहयोग गर्नुपर्ने सापकोटाको भनाई छ ।

नेपालमा यसअघि विमान मार्फत गाई आयत नगरिएको भन्दै सापकोटाले अनुदानको कार्यक्रमपछि नेपाली व्यवसायीहरुले गाई आयतमा ध्यान दिने विश्वास आफूले लिएको बताए । नेपालको किसानहरुले अष्ट्रेलिया तथा चीनका गाईहरु ल्याउने सम्भावना रहेको छ । विदेशबाट उन्नत जातको गाई ल्याउने किसानलाई सहजीकरण गर्न तयार रहेको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।