राजनीति

लुम्बिनी प्रदेशको राजधानी सार्ने निर्णय तत्काल रोक्न एमालेको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बुटवल । लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
आइतबार एमाले रुपन्देहीले विज्ञप्तिमा जारी गर्दै लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा ‘काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरु सार्न हतारो गरेको’ आरोप लगाउँदै यसलाई तुरुन्त रोक्न माग गरेको हो ।

बिज्ञापन

राजधानीको विषयमा निर्णय गर्ने अधिकार आगामी नयाँ सरकार र संसदको भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘अस्थायी मुकाम बुटवलमा सुविधा सम्पन्न कार्यालयहरुका अतिरिक्त संसद् भवन र कर्मचारीको आवाससमेत व्यवस्थित रहेको सर्वविदितै छ । राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पुर्वाधारसमेत नभएको स्थानमा जवरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न हामी जोडदार माग गर्दछौं ।’

साथै, भर्खर सम्पन्न आम चुनावबाट जननिर्वाचित संदन र सरकारले मात्र यो काम अगाडी बढाउने सक्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यो काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि यो कदम अगाडि बढाउन खोजिएकोले यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न जोडदार माग गर्दछौं ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।