अर्थ

धनगढी महोत्सव प्रधानमन्त्री देउवाले आज उद्घाटन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आजदेखि कैलालीको धनगढीमा शुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

उद्घाटनअघि विहान धनगढीमा प्रभाफेरि गरिने आयोजकले जनाएको छ । यहाँको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ । महोत्सव पुस २ गतेसम्म चल्ने छ ।  

संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दैआएको छ । अघिल्लो दुई वर्ष कोरोना महामारीले देश थिलथिलो भएपछि महोत्सव रोकिएको थियो । यस वर्षको महोत्सवमा कृषिउपज, खानाका परिकार, व्यापार व्यवसाय लगायतका चार सय स्टल रहने आयोजकले बताएको छ । 

महोत्सवमा करिब १० करोड रुपियाँको आर्थिक कारोबार हुने संघका अध्यक्ष कुँवरले बताए । यसअघिका वर्षमा भएको कारोबारलाई आँकलन गरी सो बरावरको कारोबार हुने उनको विश्वास छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।