राजनीति

हामी खुम्चिए पनि राष्ट्रिय राजनीतिमा केन्द्रीय भूमिकामै छौँ : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाममा केही खुमिचए पनि राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामै रहेको बताएका छन्। 

शनिबार पार्टी निकट निजामति कर्मचारीको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा आफूहरुको केन्द्रीय भूमिकालाई कसैलेखोस्न नसक्ने बताए। 

बिज्ञापन

‘ स्थानीय निर्वाचनमा १२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा होइन, प्रदेशसभामा हेर्नुभयो भने हामी ७४ को हाराहारीमै छौं। खुम्चिएका छैनौं।’ प्रचण्डले भने, ‘ तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन। हामी केही खुम्चिएका छौं। तर हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा हाम्रो भमिका केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्न सक्ने स्थिति देखिएको छैन ।’

उनले अहिलेको चुनावी नतिजाले आफूहरू बर्बादै भयो भनेर रूवाबासी गर्नुपर्ने ठाउँमा पुगिनसकेको दाबी गरे।  

एजेन्डा र विकासले चुनाव जित्ने अवस्था हट्दै गएको भन्दै उनले भने, ‘हेर्नुस् त अहिले कस्तालाई भोट हाले। एजेन्डा र विकास होइन फेसबुकले जितिने स्थिति बनेको छ। हामीले पनि आइटी आर्मी तयार पारेर धमाका दिइएन भने गाह्रो छ।’ उनले प्रविधिको बढ्दो प्रयोगको सदुपयोग गर्नुपर्ने बताए।

२०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा आफूहरू हौसिएको स्वीकार गरे। अब फेरि एकपटक आत्मसमीक्षा गरेर संगठित रुपमा अघि बढ्नुपर्ने उनको भनाइ छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।