राजनीति

स्वतन्त्रबाट जितेका रेशमका बाबु अन्तत छोराकै पार्टीमा, बुहारीले गरिन् स्वागत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

सो पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नै बाबु लालवीर चौधरीलाई उम्मेदवार बनाएका थिए । निर्वाचनमा लालबीर शुक्रबार औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् ।

बिज्ञापन

लालबीरले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएर विजयी भएका थिए ।

कैलालीको क्षेत्र नं १, २ र ३ मा विजयी भएको नागरिक उन्मुक्ति पार्टीको अब संसदमा चार सीट गणना हुने भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।