राजनीति

प्रधानमन्त्री बन्न प्रचण्डले जनतालाई धोका दिए : मोहनविक्रम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी मसालले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुन पाँच दलीय गठबन्धन तोडेर सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य गरेको ठहर गरेको छ ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै प्रचण्डले जनतालाई धोका दिएको जिकिर गरेका हुन् ।

बिज्ञापन

उनले प्रधानमन्त्री बन्न प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित पनि गठबन्धन गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा पाँच दलीय गठबन्धनले लामो समयदेखि एमाले नेतृत्वले गरेको प्रतिगमनको विरुद्ध सङ्घर्ष गर्दै आएको, निर्वाचनमा प्रतिगमनविरुद्ध पाँच दलीय चुनावी तालमेलसमेत गरेको उल्लेख छ ।

‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो कार्य जनतासित ठूलो धोका पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौं ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।