सुदूरपश्चिम प्रदेश

रेशम चौधरीले पार्टीका नेतालाई डिल्लीबजार कारागारमा बोलाए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी  : नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेतालाई कारागार डाकेका छन्।

चौधरीले सोमबार पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, निर्वाचित सांसदसहितका शीर्ष नेतालाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन्।

बिज्ञापन

पार्टीका प्रवक्ता दामोदर पण्डितले संघीय सरकार र प्रदेश सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल गर्न आफूहर” डिल्लीबजार कारागार जान लागेको जानकारी दिए। ‘हाम्रो पार्टीको संस्थापक एवं अभिभावक उहाँले कारागारमा बोलाउनुभएको छ’, उनले भने, ‘उहाँको निर्देशनअनुसार सरकारमा सहभागी हुने विषयमा अघि बढ्छौँ’ पण्डितले भने, ‘अहिलेकै समीकरणमा संघ र प्रदेशमा कसरी जाने भन्ने कुरा दिउँसोसम्म थाहा हुन्छ। हाम्रा केही शर्त र माग छन्। ती पूरा हुने अवस्था आएमा हामी सरकारमा जाने स्थिति बन्ला।’

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो। उन्मुक्तिकी केन्द्रीय अध्यक्ष चौधरी बालकोट छलफलमा सहभागी भएकी थिइन्। उक्त छलफलपछि सरकारमा सहभागी हुन सहमति दिएको उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको थियो। 

रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीहरुको रिहाइको मुद्दालाई प्रमुख एजेण्डा बनाएको उन्मुक्ति पार्टीले मुख्य तीन माग राख्दै आएको छ। रेशम चौधरी लगायतका बन्दीको रिहाइ, झुठा मुद्दा खारेज तथा टीकापुर घटनापछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उसको माग छ।

नयाँ समीकरणमा पनि यिनै मागलाई उन्मुक्ति पार्टीले अघि सारेको छ। पार्टीले प्रतिनिधिसभामा ४ सिट जितेको छ। सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकसहित ७ सांसद र लुम्बिनी प्रदेशमा चार जना सांसदको प्रतिनिधित्व छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।