राजनीति

कारागारमा नागरिक उन्मुक्तिको बैठक: तत्काल सरकारमा नजाने निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । रेशम चौधरीलगायत बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ ।

डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।

बिज्ञापन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए ।

उनका अनुसार सरकारमा सहभागी हुन पार्टीले तीन सर्त अघि सारेको छ । पहिलो सर्तमा रेशम चौधरीलगायतको रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीले अघि सारेको छ ।

त्यस्तै टीकापुर घटनापछि गिरिशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न पार्टीले माग राखेको छ । झूटा मुद्दाहरू खारेजको माग पनि पार्टीले अघि सारेको छ ।

आइतबार बालकोट पुगेकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले पनि त्यहाँ पार्टीको तीन बुँदे माग राखेकी थिइन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।