राजनीति

जसपा तत्काल सरकारमा नजाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिए ।

बिज्ञापन

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने उनले बताए ।

जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ । सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।