राजनीति

जसपा संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सत्तारुढ गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ ।

संसद्‌मा प्रतिनिधित्व गर्ने प्राय सबै दलले संसदीय दलको नेता चयन गरिसके पनि जसपाले भने दलको नेता चयन गर्न सकेको छैन । दलको नेता चयनका लागि बुधबार मतदान हुने गरी कार्यतालिका तय गरिएको छ ।

बिज्ञापन

जसपाले बुधबार बिहान ११ देखि १२ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरुको मननोयन पत्र दर्ता गर्ने समय तोकेको छ । यस्तै, १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १ः३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ।

दिउँसो २ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २ः३० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ । यस्तै, ३ः३० बजेसम्म मतदान जारी रहने र त्यसपछि लगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दलको निर्वाचन समितिले जानकारी दिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि संसदीय दलको नेताका लागि नेता अशोक राई प्रमुख दाबेदार छन् । राईको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयन गरिने लागिएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।