सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव आएको छैन : गंगालाल
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुन औपचारिक रुपमा प्रस्ताव नआएको बताएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव गंगालाल तुलाधरले सरकारमा सहभागी कुनै पनि पार्टीले सरकारमा सहभागी हुनको लागि औपचारिक रुपमा प्रस्ताव नआएको बताएका हुन् ।
लोक कल्याणकारी विज्ञापन

उनले नाटकीय रुपमा यो गठबन्धन भएको टिप्पणी गर्दै आफ्नो पार्टी सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले अहिलेसम्म कुनै पनि निर्णय नभएको पनि बताए ।
लोक कल्याणकारी विज्ञापन

नेकपा एमालेसँग पार्टी एकीकरणको विषयमा कुनै सत्यता नभएको समेत बताए। उनले एमालेका केही नेताहरूले पार्टी एकता गर्ने कुरा चलाएको भए पनि आफ्नो पार्टीमा भने कुनै छलफल नभएको समेत बताए ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

