घटना

बलात्कार आरोपी वडाध्यक्षले गरे प्रहरीसमक्ष आत्मसमर्पण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : किशोरी बलात्कारको आरोप लागेपछि फरार रहेका निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। 

श्रेष्ठले आइतबार राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए। 

बिज्ञापन

किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको छ। ​

वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्दै किशोरीको परिवारले प्रहरीमा जाहेरी दिएका थिए।  प्रहरीले आँफै सम्पर्कमा आएका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।