घटना

बसले किचेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अर्घाखाँची, पुस २० गते । अर्घाखाँचीको शितगंगा नगरपालिका –१४ हडाहामा बसले ठक्कर दिँदा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाबाट अर्घाखाँची जाँदैगरेको लु १ ख ८७५८ नम्बरको बसले ओर्लनेक्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराईलाई ठक्कर दिँदा उपचारको क्रममा कपिलवस्तुको पिपरास्थित सामुदयिक अस्पतालमा उहाँको निधन भएको हो ।

लोक कल्याणकारी विज्ञापन

भट्टराईलाई सोही बसको पछाडिको चक्काले ओर्लनेक्रममा ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । चालक र बसलार्इ प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन