ओलीलाई सत्ताच्यूत गर्न मेरो निर्णायक भूमिका थियो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई सत्ताच्यूत गरेर राजनीतिलाई सही दिशामा ल्याउन आफूले निर्णायक भूमिका खेलेको बताएका छन् ।
एकीकृत समाजवादी निकट नेवा मोर्चाको भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेभित्र मौलाएको निरंकुशता, व्यक्तिवाद र संविधान मिच्ने प्रवृतिविरुद्ध बेलैमा आफूहरुले हस्तक्षेप गरेर सही गरेको समेत बताए ।

उनले आफ्नै अगुवाइका कारण नेपाली राजनीतिले त्यसबेला नयाँ यात्रा तय गरेको बताए । उनले भने, ‘एमालेभित्र निरंकुशता र व्यक्तिवाद थियो । संविधानको आफूखुसी व्याख्या गर्ने प्रवृति भयो । नेपालको राजनीति गलत दिशामा जान थालेकाले ठिक दिशामा लैजान समयमा हस्तक्षेप गरयौं ।’
उनले त्यसबेला आम नागरिक समाज र जनताको साथ पाएको भन्दै भने, ‘फलस्वरुप हामीले नयाँ यात्रा प्रारम्भ गरेको हो र त्यो यात्राको अगुवाई हामीले लिएका थियौं ।’ अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुले प्रत्यक्षमा राम्रो नतिजा पाएपनि समानुपातिकमा पाउन नसकेको विषयमा छलफल भइरहेको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
