घटना

बालकको मुखमा गुच्चा अड्किएर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौंडा । मकवानपुरको एक बालकको घाँटीमा गुच्चा अड्किएर मृत्यु भएको छ  । शुक्रबार साँझ जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरेमा भारतको जम्भुकटुवा घर भएका हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरि बस्ने राम कुमार दासको ५ वर्षीय छोरा राम दासको खेल्ने क्रममा मुखमा गुच्चा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएपछि उपचारको लागि चितवनस्थित भरतपुर सरकारी अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउन साथ डाक्टरले बालकलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।