राजनीति

जनमत र नागरिक उन्मुक्तिबीच मोर्चाबन्दी गर्ने सहमति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । हालै सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय पार्टीका रुपमा उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ ।

आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

सहमतिमा रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने लगायतका विषय समावेश छन् ।

१२ बुँदे साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएरमात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुवै दलबीच सहमति भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।