संसद बैठक २ घण्टापछि सर्यो

काठमाडौं । संघीय संसदको बैठक दिउँसो १ बजेका लागि सरेको छ । यसअघि ११ बजेका लागि तय भएको बैठक दुईघण्टा पछि सारिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) अनुसार पुस १० गते दाबी पेश गरेका थिए । विश्वासको मत दिने-नदिने निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी छ । यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संविधानअनुसार धारा ७६(४) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।
आज मात्रै नेकपा एसले प्रचण्डलाई सरकारलाई सर्शत विश्वासको मत दिने निर्णय गरेको छ ।
विश्वासको मत दिएपनि प्रतिपक्षमा बस्ने नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
