घटना

स्कुटर दुर्घटनामा परी मकवानपुरमा तीनजनाको मृत्यु, ठक्कर दिने सवारीको खोजी जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको बताए ।

बिज्ञापन

कार्कीका अनुसार मृत्यु हुनेमा मनहरी-८ सिम्पानीका अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, ३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ-३ लावती बस्ने अन्दाजी ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । तीनैजनाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।