जहाज दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
बिज्ञापन
पोखरामा जहाज दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बिज्ञापन
प्रधानमन्त्री प्रचण्डले साढे १ बजे बैठक बोलाएका छन्।
आज बिहान यती एअरलाइन्सको ९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो । विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सले जनाएको छ । दुर्घटनाग्रस्त विमानमा आगो लागेको छ । विमानबाट हालसम्म २५ शव निकालिएको छ।
बिज्ञापन