कोपाइलट अञ्जु, जसले यतीकै विमान दुर्घटनामा गुमाएकी थिइन् पहिलो श्रीमान

काठमाडौ । आइतबार यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी कोपाइलट अन्जु खतिवडाको पहिलो श्रीमान पनि विमान दुर्घटनामै परेर ज्यान गुमाएको खुलेको छ ।
खतिवडाको माइती विराटनगर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले यस्तो बताए । सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान दीपक पोखरेलको निधन भएको थियो । त्यसपछि अन्जुले पाइलट पढेको वडाअध्यक्ष न्यौपानेले बताए ।

अन्जुको पहिलो श्रीमानपट्टि २२ वर्षकी छोरी रहेकी छन् । यता दोस्रो विवाहपछि भने ७ वर्षको छोरा रहेको वडाअध्यक्ष न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार अञ्जुले अमेरीकामा पाइलट पढेकी थिइन् ।
यतीको एटिआर जहाज ६८ जना यात्रु सवार थिए । पाइलट कमल केसीले जहाज उडाएका थिए । चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना विमान परिचारिका सिर्जना होङचुङ र ओसिन आलेमगर थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
