यती एयर दुर्घटना- मृतकमध्ये पाँच जनाको सनाखत

काठमाडौं । यती एयरको पोखरामा भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ ।
लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले जानकारी दिएका छन् ।

दुर्घटनामा परी अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर, बाँकी मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाद्वारा उद्दार जारी छ ।
आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
