प्रहरीको गोली प्रहारबाट उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु
लोक कल्याणकारी विज्ञापन

उडिसा। प्रहरीले चलाएको गोली लागेर उडिसाका स्वास्थ्यमन्त्री नव किशोर दासको मृत्यु भएको छ ।
आइतबार दिउँसो उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा प्रहरी सहायक निरीक्षक गोपाल दासले उनीमाथि दुई राउण्डा गोली प्रहार गरेका थिए ।
बिज्ञापन

छातीमा गोली लागेका उनको उपचारका क्रममा भुवनेश्वर अस्पतालमा मृत्यु भएको हो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले स्वास्थ्यमन्त्रीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाबारे थप अनुसन्धान गर्न अपराध शाखालाई निर्देशन दिएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
