सुदूरपश्चिम प्रदेश

पश्चिमसेती परियोजनालाई सुचारु गर्न सरकारलाई दबाब दिन्छु : देउवा.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: पश्चिमसेती परियोजनालाई सुचारु गर्न सरकारलाई दबाब दिने नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवाले बताएका छन्। आईतबार धनगढीमा पत्रकारहरुसंग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

प्रदेश सभा सदस्य देउवाले विकासका लागि सत्तापक्ष तथा प्रतिपक्षको भुमिका निर्वाह नगरि तत्पर भएर लाग्ने बताएका थिए। उनले प्रदेशमा पाँच वर्षमा भएका राम्रा कामको निरन्तरतामा जोड दिन सरकारलाई दबाब दिने र भएका विकृतिको अन्त्य गर्न पनि दबाब दिने बताए।

बिज्ञापन

उनले उपभोक्ता समिति मार्फत हुने भ्रष्टाचार, टुक्रे बजेट लगायतमा सुधार गर्नतर्फ र समग्र सुदूरपश्चिम प्रदेशको विकासमा जोड दिन आफनो ध्यान रहेको बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।