जेल चलान भए सांसद अरुण चौधरी

काठमाडौ २० माघ ; कैलाली जिल्ला क्षेत्र नम्बर-२ बाट निर्वाचित सांसद अरुण कुमार चौधरी १३ वर्ष पुरानो आगजनीको घटनामा अदालतले दोषी ठहर गरि ६ महिना कैद सजाय सुनाउदै जेल चलान गरेको छ।
बिहीबार बाँकेबाट पक्राउ परेका चौधरीलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालतकैलालीमा पेश गरेपछि अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् ।
चौधरी २०६६ सालमा लम्किमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
उता आफ्नो पार्टी बाट निर्वाचित सांसद चौधरीको पक्राउपरेपछि विरोध गर्दै आन्दोलनको घोषणा गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रभाव दामोदर पण्डितले आन्दोलनमा हुने क्षतिको जिम्मेवार राज्य बन्नुपर्ने बताएका छ्न।
मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५अनुसार अरुण चौधरी जेल चलाउन भएका छ्न।
सभामुखको अनुमति विना निर्वाचित सांसद लाई पक्राउ गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यले आफुहरु प्रति पुर्वाग्रह राखेको बताएकी छ्न।
प्रहरीका अनुसार अभियोगका अभियुक्तलाई पक्राउ गर्ने सभामुखको अनुमतिको आवश्यकता नपर्ने व्यवस्था भएकाले आफूहरुले कानुन अनुसार नै उनलाई पक्रेर फैसलाको कार्यनयनकालागि अदालतमा पेश गरेको बताएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
