सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको लिदैं

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, माघ २६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं हुनुहुन्छ । 

उहाँले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । यसरी दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । कानुन अनुसार प्राप्त समय सीमाको आज अन्तिम दिन उहाँले विश्वासको मत लिदैं हुनुहुन्छ । 

बिज्ञापन

५३ सदस्यीय प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जनाको समर्थनबाट उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । तर, टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री समस्यामा हुनुहुन्छ । 

प्रदेश सभामा नेपाली काङ्ग्रेसबाट १९, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको उपस्थिति छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।