राजनीति

जनयुद्ध दिवसमा सरकारले दिएको सार्वजनिक बिदामा तेर्साएका प्रश्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन १ जनयुद्ध दिवसको अवसर पारेर सरकारले दिएको सार्वजनिक बिदामा उब्जिएका प्रश्न हरु आम नागरिकले सामाजिक संजालमा ब्याक्ति गरिरहेका छ्न।

जनयुद्ध दिवस माओवादीको मात्रै कि जनताको पनि ?माओवादी केन्द्रले जनयुद्ध शुरु गरेको २७ बर्ष र शान्ति प्रक्रियामा आएको १६ वर्षपछि जनयुद्ध दिवसको दिनपारेर आज सार्वजनिक विदा दिइएको कुरालाई विभिन्न व्याक्तिहरुले आ आफ्नो ढंगले सरकारलाई प्रश्न तेर्साएका छन।

बिज्ञापन

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुईपटक र डा. बाबुराम भट्टराईले एकपटक गरी तिनपटक माओवादीले सरकारको नेतृत्व गरिसकेको भएपनि फागुन १ मा सार्वजनिक विदाको घोषणा भएको थिएन। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो मन्त्रिपरिषद्बाट सार्वजनिक बिदाको निर्णय गराएका हुन जनयुद्ध दिवसको सार्वजनिक बिदाको प्रस्तावमा केहिको भने असहमति रहेको पनि बताइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।