मुग्लिन-नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

५ फागुन, चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ ।
गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक १-१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।

डक आयोजना प्रमुख कार्कीका अनुसार फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ ।
तीन मुख्य स्थान कालिखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउन खोजिएको हो । कालिखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बनाउन काम जारी छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ भने नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
