राजनीति

सत्ता गठबन्धनमा बढेको खटपटप्रति भीम रावलको व्यङ्ग्यात्मक कविता- पद भक्ति कति हो ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल पार्टीभित्र होस् या बाहिर चर्को आलोचकको रूपमा चिनिन्छन्। समसामयिक विषयमा पनि सामाजिक सञ्जालमा टिप्पणी गर्ने मध्ये मै पर्छन्।

केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि अहिले पार्टी राजनीतिमा कमै सक्रिय छन्।

बिज्ञापन

अहिले एमाले नेतृत्वको सत्ता गठबन्धनमा खटपट आइरहेको बेलामा उनले व्यङ्ग्यात्मक रूपमा कविता लेखेका छन्।

उनले भनेका छन्, ‘जसलाई नि भाक्छु, विदेशी डाक्छु पदको रक्षामा पद प्राप्ति शिक्षा मन्त्रको दीक्षा, पार्टीका कक्षामा, स्वाधीनता सँगै सुशासन खोज्ने लखेट्नु पर्दछ हो परम मित्र पद–स्वार्थ निम्ति जो खातिर गर्दछ ।’

पद भक्ति कति हो ?

पद नै खान्छु, पद नै लाउँछु, पद नै ओछ्याउँछु,
पद कै लागि अपराधीलाई नि गलैँचा बिछ्याउँछु,,
पदका सामु संविधान, कानून, सिद्धान्त पन्छाउँछु
जसरी गरे नि, जे सुकै भए नि यो पद जोगाउँछु ।

के हो र देश, समाज के हो सामुमा पदको
सिद्धान्त, दर्शन, आदर्श भन्नु पद मागैं अबको,
पद प्राप्ति निम्ति विदेशी भक्ति सामान्य क्रो हो,
पदको सँगै सञ्चय धनको जीवनको चुरो हो ।

पदासीन रहन सहयोगी हात जति नै फोहर हुन्
शक्तिका भक्त स्वार्थका पोका पवित्र मान्य छन्,
देशलाई मान्ने, जनहित गुन्ने पदका शत्रु झन्
पदका खातिर रंग नफेर्ने, ती सबै पत्रु हुन् ।

भास्सियोस् देश मास्सियोस् विधि पद मुकुट चाहियो

पदको स्वाद कति छ मीठो बारम्बार जो खाइयो,
देशका कुरा, जनताका कुरा, पद सामु के हुन् र
पदको धुनमा ननाच्नेलाई मानिस भन्ने र !

जसलाई नि भाक्छु, विदेशी डाक्छु पदको रक्षामा
पद प्राप्ति शिक्षा मन्त्रको दीक्षा, पार्टीका कक्षामा,
स्वाधीनता सँगै सुशासन खोज्ने लखेट्नु पर्दछ
हो परम मित्र पद–स्वार्थ निम्ति जो खातिर गर्दछ ।

जे गरेपनि छोपिन्छन् सबै पद कै पर्दाले
महान् हुन्छु पदले यहाँ चमत्कार गर्दाले,
कस्को छ शक्ति चुनौती दिने यो मेरो शासनमा
अटल, अजर, अमर बन्छु पद कै आसनमा !

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।