राष्ट्रिय समाचार

देश जोगाउन दलहरु र राजसंस्थाबीच सहकार्य आवश्यक : पूर्वराजा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन दलहरू र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले देश अधोगतिमा जान लागेको भन्दै दलहरू र राजसंस्थाबीच सहकार्यको आवश्यकता रहेको औल्याएका हुन् ।

बिज्ञापन

जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको शाहले उल्लेख गरेका छन् । अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन’, पूर्वराजाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।