पूर्वसूचना दिएरै सन्दीपसँग हाम्रा खेलाडीले हात नमिलाएका हुन् : स्कटल्याण्ड क्रिकेट

८ फागुन, काठमाडौं । स्कटल्याण्डका खेलाडीहरुले पूर्व जानकारी दिएरै नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात नमिलाएको खुलेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार भएको खेलपछि स्कटल्याण्डका खेलाडीहरुले लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका थिए । स्कटिस खेलाडी तथा अफिसियलहरुले लामिछाने बाहेक अरु खेलाडीसँग हात मिलाएका थिए । लामिछानेतिर चाहिँ हेर्दै हेरेनन्, सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए ।

स्कटल्याण्ड क्रिकेटका सञ्चार प्रमुख चार्ल्स पिटरसनले खेल सुरु हुनुअगावै नेपाल क्रिकेट एसोसिएसन र लामिछानेलाई यसबारे जानकारी गराइएको बताए ।
शुक्रबारको घटनाबारे अनलाइनखबरसँग इमेलमार्फत सम्वाद गरेका गरेका उनले भने, ‘खेल हुनुभन्दा केही दिनअघि नै नेपाल क्रिकेट संघ (क्यान) र सन्दीप दुवैलाई टिम स्कटल्याण्डको तर्फबाट यसबारे जानकारी गराइएको थियो ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
