प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

१० फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाँदैछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहान ९ बजेका लागि भेटघाट तय भएको छ।
त्यस्तै, प्रधानमन्त्रीलाई भेट्न सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालुवाटार जाने कार्यक्रम रहेको स्रोतले बताएको छ।

उनीहरूबीच राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन लागेको हो। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
