राष्ट्रिय समाचार

सत्ता गठबन्धन जुट्ला कि फुट्ला ? फाइनल आज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आगामी राष्ट्रपति को बन्ने भन्ने विषयले सत्ता गठबन्धन धरापमा परेको छ । राष्ट्रपतिको विषयलाई लिएर गठबन्धनको मुख्य घटक दल एमाले र माओवादी केन्द्रबीच नै मतभेद भएपछि बनेको दुई महिनामै गठबन्धन धरापमा परेको हो ।

सातदलीय गठबन्धनको भविष्य अब दुई शीर्ष नेता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अधयक्ष केपी शर्मा ओलीको हातमा छ । उनीहरुले राष्ट्रपति निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन अघि आज निर्णायक वार्ता गर्दैछन् ।

बिज्ञापन

राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने भएका हुन् । २५ गते हुने निर्वाचनको लागि १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको संवादपछि प्रचण्डले आज ओलीसँग संवाद गर्ने हिजै साँझ जानकारी दिएका थिए । आज ओलीसँगको भेटमा सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने भन्ने बिषयमा छलफल हुने बताइएको छ ।

माओवादी महासचिव देव गुरुङले पनि नेताहरू सहमतिको आधार तय गर्न लागि परेको बताए । सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भएता पनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल बिदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जाने भनको भनाई छ ।

सहमतिको आधारमा राष्ट्रपतिका उम्मेदवार टुङ्गो लगाउन नेताहरु लागेका छन् । यता पूर्ववत् सहमति अनुसार एमालेले राष्ट्रपति पाउनु पर्ने अडान राखिरहेको छ । तर, उम्मेदवार भने अझै निर्णय गरेको छैन ।

आज ओली र प्रचण्ड बिचको वार्ता सकारात्मक भए गठबन्धनमा सहमति जुट्ने नभए गठबन्धन टुट्ने आशङ्का गरिएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्नु अघि प्रचण्डले कांग्रेसका सभभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् । आजै पुरानो पाँच दलीय गठबन्धनको बैठक पनि बस्दैछ । उनीहरुले मोर्चा बनाएर अघि बढ्ने तयारी गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।