राष्ट्रिय समाचार

आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा ८ वटा मन्त्रालयको जिम्मेवारी आएको छ । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ मनत्रीले राजिनामा दिएसँगै रिक्त भएको मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँध आएको हो ।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

बिज्ञापन

यसअघि माघ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारवाट बाहिरिने निर्णय गरेको थियो । रास्वपाका मन्त्रीहरुले राजिनामा गरेपछि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो । शनिबार राप्रपाका मन्त्रीहरुले राजिनामा दिए पछि उर्जा, जलस्रोत, सहरी बिकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।

राप्रपाका मन्त्रीहरुका राजिनामा स्विकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।