आजबाट घोडाघोडी महोत्सव सुरु
लोक कल्याणकारी विज्ञापन

सुखड । कैलालीको सुखडमा आजबाट घोडाघोडी महोत्सव २०७९ सुरु भएको छ। आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले महोत्सवको १२ बजे उद्घाटन गर्ने घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए।
आजबाट सुरु हुने महोत्सव २८ गते सम्म जारी रहने छ। कैलाली मध्य क्षेत्रको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए। प्रत्येक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहेको छ। महोत्सवमा १ सय स्टल रहेका छन्।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
