एमाले नेता भिम रावतको प्रमुख आतिथ्यमा मिशन ग्रासरुटमा

फागुन १८ सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नम्बर १० मा नेकपा एमालेका सुर्खेत जिल्लाकमिटी सदस्य भिमरावतको प्रमुख आतिथ्यमा मिसन ग्रासरुट कार्यक्रम सम्पन्न भएको छ।
वडा पार्टीका वडा कमिटी अध्यक्ष सुरेश प्र. शर्माको अध्यक्षतामा बैठक भएको बैठकमा नेकपा एमाले पन्चपुरी नगरकमिटी उप-सचिब होम बहादुर रामजाली बिशिस्ट अतिथि रहेका थिए ।

पार्टीको सर्क्युलर अनुसार वडा कमिटी तथा टोल कमिटी पनि गठन गर्दै नेकपा एमाले पार्टी सुदृढीकरणगर्न जेजस्तो चुनौती पार गरेरपनि पार्टीलाई सदा सर्बदा बलियो बनाउन लागीपर्ने र कसैको बहकावमा नलागी पार्टी प्रतिको जिम्मेवारीबाट कत्ति पनि बिचलित नहुने वडा अध्यक्ष सुरेश प्र शर्माले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
