घटना

आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भक्तपुर । आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् । आफ्नै नावालिग बहिनिमाथी यौन हिंसा गर्ने २१ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रवक्ता कुमार मैनालीले जानकारी दिए । आरोपी युवती अविवाहित रहेको र बहिनी बालिका भएको प्रहरीले जनाएको छ ।

बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिललाई पक्राउ गरेको हो । प्रवक्ता मैनलीका अनुसार बहिनीसँंग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उनले बताए ।

बिज्ञापन

यसअघि गत जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेको सम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखामा प्राप्त भएको थियो ।

प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धान भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा प्राप्त भई अनुसन्धान थालेको परिसले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।