सुदूरपश्चिम प्रदेश

बावियाचौरमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । सुर्खेतको पश्चिम बावियाचौरमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारको काम सम्पन्न भएको छ । विस्तारको काम सम्पन्न भएसँगै विद्युत काउन्टर कार्यालय स्थापनाको सुरुवात गर्न लागिएको हो ।

लोक कल्याणकारी विज्ञापन

सुदूरपश्चिम प्रदेशको कैलाली अवस्थित सोल्टाबाटे वावियाचौरसम्म ३३ केभी प्रसारण लाइन विस्तार गरिएको हुँदा काउन्टर कार्यालय स्थापना गर्न लागिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख युवराज रावततले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन

बावियाचौरमा कार्यालय स्थापना पछि त्यहाँका नागरिकहरु विद्युत महसुल बुझाउन वीरेन्द्रनगर आउनु पर्ने बाध्यताको अन्त्य होस भनेर कार्यालय स्थापना गरिएको रावतले बताए ।

बिज्ञापन

उनका अनुसार यसै सातादेखि कार्यालय सञ्चालन गरिने जानकारी दिए । कर्णाली राजधानी वीरेन्द्रनगरबाट बडिचौर हुँदै बावियाचौरमा विद्युत विस्तारमा ढिलाई भएपछि कैलालीबाट विद्युतको राष्ट्रिय प्रशारण वावियाचौरसम्म विस्तार गरिएको हो ।

हाल विद्युतको राष्ट्रिय प्रशारण लाईन पञ्चपुरी नगरपालिकाको वडा नम्बर १० को तातापानी, जामु, ११ को कुइने, ताउले लगायत गाउँहरुमा विद्युत लाइन जडान गरिएको छ ।

१५० घरधुरीमा नयाँ लाइन जडान गरिएको प्रमुख रावतले बताए । लाइन विस्तारमा सेवाग्राहीहरुलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्न कार्यालय सञ्चालनको अन्तिम चरणमा रहेको रावतले भने ।

पश्चिम क्षेत्रमा विद्युत विस्तारसँगै चालु आर्थिक वर्षमा कम्तिमा एक हजार पाँचसय घरहरुमा नयाँ लाइन विस्तार गर्ने लक्ष्य कार्यालयको छ ।

केही समय अघि कैलालीको मोहन्याल गाउँपालिकाबाट विस्तार भएको प्रसारण लाइन सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरस्थित सबस्टेसनमा जडान गरिएको हो ।

अन्य क्षेत्रमा पनि लाइन विस्तार र तार तान्ने कामलाई निरन्तरता दिइरहेको केन्द्रले जनाएको छ । बावियाचौरबाट प्रसारण लाइनलाई बड्डिचौर–बाङगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सबस्टेसनमा पुर्याइने लक्ष्य छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन