नेकपा र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ ।
पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले बताए ।
बिज्ञापन

प्रज्ञा भवनमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने उनले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
