खेलकुद

टीकापुरमा तेस्रो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता शुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुरमा तेस्रो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता शुरु, टीकापुरलाई खेलाडी उत्पादनको थलोको रुपमा विकास गर्नुपर्ने नगर प्रमुख थारुको भनाई 
टीकापुरमा तेस्रो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले  टीकापुरलाई खेलाडी उत्पादन गर्ने थलोको रुपमा विकास गर्नु पर्ने बताउनु भएको छ ।
 उहाँले कोरोना कहरदेखि टीकापुरमा खेल क्षेत्रमा मौनताको अवस्था सिर्जना भएको भए पनि पछिल्ला दिनमा टीकापुरमा विभिन्न विधाका खेल हुदै आएकोले दक्ष प्रशिक्षक मार्फत राम्रो खेलाडी उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो ।
वडा नम्बर १ का वडा अध्यक्ष मोहन विकले युवा पुस्तालाई खेलप्रति उत्साहित बनाउदै लैजानुपर्ने बताउँदै खेल क्षेत्रको विकासले लागु औषध दुव्र्यसनी नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो ।
खेल संयोजक नन्दसिंह विकको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा सिर्जनशिल युवा समाजका अध्यक्ष झलनाथ खनालले स्वागत गर्नु भएको थियो । कार्यक्रममा नागरिक समाज टीकापुरका संयोजक भिमराम चपाई, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
सिर्जनशिल युवा समाजको आयोजनामा लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि जनचेतनामूलक साँस्कृतिक कार्यक्रम सहित शुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन