अवर्गीकृत

ग्लोबल ओरियन्सको टीकापुरस्थित कार्यालयमा प्रहरीद्वारा छापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर। एक हजार जति युवालाई प्रलोभनमा पारी करोडौं रुपिया असूली गरेको ग्लोबल ओरियन्सको टीकापुरस्थित कार्यालयमा विहीबार प्रहरीले छापा मारेको छ । ग्लोबल ओरियन्सले ठगेको भन्दैपीडितहरुले उजुरी दिएपछि प्रहरी आठ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
मुद्दा चलिरहेको अवस्थामा थप प्रमाण खोज्न प्रहरी ग्लोबलको कार्यालय पुगेको हो । ग्लोबलको कार्यालय भने आइतबारदेखि नै बन्द छ । प्रहरीले ताला खोलेर हेर्दा एउटा ल्यापटप, एउटा कम्प्यूटर, विभिन्न तह अनुसारको पैसा तिरेको प्रमाणसहितका फर्महरु फेला परेको प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिनु भएको छ ।
जागिरको प्रलोभन देखाएर पहिलो श्रेणीका लागि १५ हजार , दोस्रो श्रेणीका लागि ४० हजार र तेस्रो श्रेणीका लागि एक लाख २० हजार असुलेको ग्लोबलले कति जनालाई ठगेको छ भन्ने यकिन भएको छैन तर यसका टीकापुर प्रमुख साजन चौधरीका अनुसार आठ सयदेखि एक हजार जति युवा यसमा पैसा तिरेर सामेल भएका छन् । प्रहरीले पीडितहरुलाई आफूसंग भएका प्रमाणहरु ल्याएर अनुसन्धानमा सहयोग गर्न पीडितहरुलाई सहयोग मागेको छ ।
प्रहरी निरीक्षक खडकाले ग्लोबलले अन्य ठाउँमा भएका अफिसबाट यस्तै भैरहेको भए सचेत रहन आग्रह गर्नुभएको छ ।
पीडितहरुले ग्लोबल अहिलेको लागि मात्रै नभई तीन पुस्तासम्मका लागि हो भन्दै लोभ्याउने र बेरोजगारलाई रोजगार बनाउने भएकाले हरेकले दुई जनालाई फसाएर सिस्टम चलाउ भन्दै रातदिन होस्टेलमा दवाव दिने गरेको बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन