आस्था /आध्यात्म

सुर्खेतको राकममा भव्य सत्संग समारोह सम्पन्न, ब्रम्हज्ञान बिना भित्री प्रदुषणलाई हटाउन सकिदैन– नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राकम (सुर्खेत), १८ चैत्र । सुर्खेतको राकममा गत चैत्र १० गतेका दिन भव्य सत्संग समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

सुर्खेत, सल्यान, रोल्पा, दैलेख, रुकम र जाजरकोटबाट सन्त–भक्तहरुको उत्साह वर्धक सहभागिता रहेको उक्त सत्संग समारोहलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले सबै सन्त–भक्तहरुको जीवनमा सत्गुरु माता जीले खुशी–आनन्द, सुख–शान्ति छाउनुको साथै हरेक सन्तको जीवनबाट दुःख–कष्ट, दरिद्राता निवारण होस, सु–विचार, सद्भावना, श्रद्धा–विश्वास सबैको जीवनमा आउन सकोस र सेवा, सत्संग, सुमिरणको माध्यमबाट आफ्नो बाँकी जीवनलाई सफल गर्ने अभ्यास बनिरहोस भनि कामना गर्नुभयो ।

बिज्ञापन

उहाँले सन्त निरंकारी मिशनमा आउनुभन्दा पहिले र आइसकेपछि आफ्नो जीवनमा के परिवर्तन आयो त्यो आफैमा मनन् गर्नुे कुरा बताउनुभयो । बाहिरी रुप जस्तै बोली–चाली, भेषभूशा, रहन–सहन आदि अरुलाई देखाउनको लागि हामी सभ्य देखिएका हुन्छौ, तर भित्री भावना हाम्रो कस्तो छ त्यो कसैलाई थाह हुँदैन । जस्तै प्रकारले प्रदुषण भित्र होस वा बाहिर दुबै हानिकारक नै हुन्छ । बाहिरी प्रदुषणभन्दा वातावरणमा फैलिएको धूलो–धूवाँ, हावा–पानीलाई बुझिन्छ । यदि त्यो खराब छ भने त्यसले हाम्रो भौतिक शरीरिरलाई हानि पुरयाउने गर्दछ भने भित्री प्रदुषण भन्नाले ईष्र्या, रिस, अहंकार, लोभ, लालच, वैर, विरोध आदिलाई बुझिन्छ । यसलाई हटाउने उपाय भनेको केवल ब्रम्हज्ञान नै हो । ब्रम्हज्ञान बिना भित्री प्रदुषणलाई हटाउन सकिदैन । भित्री प्रदुषणलाई हटाउनको लागि ब्रम्हज्ञान रुपी साबुनको माध्यमबाट ईष्र्या, अहंकार, लोभ, लालच, वैर, विराध जस्ता विकार तत्वलाई सफा गर्न सकिन्छ । त्यसको लागि हामीले ब्रम्हज्ञान प्राप्त गरिसकेपछि दिनहुँ सेवा, सत्संग, सुमिरण गर्नुको आवश्यक छ । त्यसबाट नै हामी आफूभित्र रहेको प्रदुषणलाई सफा गर्न सक्छौ ।

उहाँले अगाडि भन्नुभयो कि मनलाई नियन्त्रण गर्ने साधन भनेको एउटै ब्रम्हज्ञान हो । ब्रम्हज्ञान प्राप्त गर्नुभन्दा अगाडि हामीले एउटा संकल्प गरेका थियौं त्यो हो, पाँच प्रण । यदि हामीले पाँच प्रणमा उल्लेख गरिएका शब्दहरुलाई जस्ताको त्यस्तै आफ्नो जीवनमा ढाल्छौभने हाम्रो मन नियन्त्रित भएर जीवनको कल्याण हुन जाने छ नत्रभने केवल ब्रम्हज्ञान लियौं तर पाँच प्रण लिदा गरेको प्रतिज्ञाको कुनै पालन नै गरेनौ भने त्यसबाट कुनै सार्थकता पाउन सकिदैन । ज्ञान लिएर पनि संसारमा रहेका भौतिक वस्तुमा नै लिप्त रहन्छौ, परिवार, ईष्ट–मित्र, नाता–गोतामा नै रुमल्लि रहन्छौ भने ज्ञान लिएको कुनै फाइदा हुँदैन । ज्ञान लिसकेपछि तन, मन, धन सबै निरंकारको सम्झेर त्यसको प्रयोग गर्नु पर्दछ, कहिल्यै त्यसको अभिमान गर्नु हुँदैन । तब मात्र हामी तन, मन, धनबाट सुखी हुने छौ र कहिल्यै त्यसबाट दुःखी हुने छैर्नाै ।


उहाँले संसारमा सबै कार्य ईश्वरको ईच्छा अनुसार नै हुने भएकोले हामीले ईश्वरको ईच्छानुसार नै आफ्नो जीवनलाई अगाडि बढाउनु पर्ने बताउनु भयो । जति ठुला कार्य पनि यदि ईश्वरको छत्रछायामा रहेर ईश्वरलाई सम्झेर, कर्ता पनि ईश्वर नै हो सम्झेर यदि त्यस कार्यलाई गर्छाै भने जति ठुलो कार्यपनि सजिलैसंग गर्न सकिन्छ । तर त्यति बेला हाम्रो मनमा कुनै प्रकारको अहंकार आएको हुनुहुँदैन । सबै कार्य ईश्वरको नै कृपाबाट सम्भव हुन गएको हो भनेर सम्झनु पर्दछ । यदि यो कार्य त मबाट नै हुन गएको हो म नभएको भए कहाँ सम्भव हुने थियो भनेर यदि मनमा अहंकारलाई ल्याउँछौ भने त्यो कार्य कहिल्यै पनि सम्भव हुन सक्दैन । सम्भव भएपनि त्यो धेरै दिनसम्म टिक्न सक्दैन । त्यसैले जहिले पनि हाम्रो मन र व्यवहारमा कर्ता पन आफूलाई नसम्झेर यस निराकारलाई सम्झन्छौ भने हाम्रो जीवनमा कहिल्यैपनि कुनै प्रकारको दुःख–कष्ट आउन सक्ने छैन, हाम्रो जीवन सुखमय हुन जाने छ, उहाँले सम्झाउनु भयो ।

यो ब्रम्हज्ञान सबैको भाग्यमा नहुने बताउदै जसको भाग्यमा हुन्छ त्यसले मात्र पाउन सक्छ, उहाँले प्रष्ट पार्नुभयो । आज सत्गुरुको कृपाबाट हामीले घरमै बसेर यो अमूल्य ज्ञानलाई आफ्नो झोलिमा भर्न सकेकोमा हामी ठुला भग्यमानी भएको र ब्रम्हज्ञान प्राप्त गरिसकेपछि मानव योनि पाएको सार्थक गर्नु पर्ने उहाँले बताउनुभयो । निरंकारी मिशनले कसैको धर्म, रितिरिवाज, चाल–चलन, खान–पिन, भेषभूशालाई परिवर्तन गर्दै केवल मिशनले यहाँ आएकाहरुको भावना परिवर्तन गराउँछ, उहाँले बताउनु भयो ।

विभिन्न जिल्लाहरुबाट सन्त–भक्तहरुको सहभागिता रहेको उक्त सत्संग समारोहमा केन्द्रीय प्रचार विभाग प्रमुख देवराज रिमाल, केन्द्रीय सदस्य दल बहादुर राना, ज्ञान प्रचारक ऋषिराम सापकोटा, सम्पादक पूर्ण कुमाल, गायक तेज बहादुर बोहरा, सेवादल शिक्षक भवन सिंह, पुरातन सन्त बल बहादुर योगी, राकम सत्संग भवनका सत्संग इंचार्ज जंग बहादुर बि.क., मिना घर्ती, नविना रेग्मी, मोहबीर बि.क., पार्वती डाङ्गी, हिरा लाल बश्याल, तीला सुनार, दीपा बि.क. पूजा, संगिता, ईश्वरी, कृष्णना, गायत्री, नन्दा रामजाली, पुष्पा, मिना, प्रविन बोहरा, इन्द्रा, बिरमा, ललिता रसाईली आदिले भजन तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन लक्ष्मी शाहीले सुन्दर तरीकाबाट गर्नुभएको थियो । सत्संग समाप्ति पछि नव आगन्तुक सन्त–भक्तहरुले ज्ञान लिएर निराकारको साक्षात्कार दर्शन गर्न सफल भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।