एकीकृत समाजवादीले कांग्रेस र जसपाका उम्मेदवारलाई सघाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा पार्टीको उम्मेदवार नउठाउने भएको छ ।
एकीकृत समाजवादीले तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाएर तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने भएको हो ।

त्यस्तै बारामा भने जसपा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय भएको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको उनले बताए ।
तनहुँ–१ मा सो पार्टीको समानुपातिक मत ९५० र चितवन २ मा समानुपातिक मत ६१६ मात्रै छ । बारा २ मा भने समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
