राष्ट्रिय समाचार

दुबै खुट्टा नभएका आँटिला हरि, सगरमाथा चढ्न आधारशिविर प्रस्थान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढा मगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गरेका छन् ।
शारीरिक अशक्त उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

उनका दुवै खुट्टा छैनन् । उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । हरि कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनेछन् ।

बिज्ञापन

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुअघि विमानस्थलमा उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरूलाई खुसी दिने विश्वास व्यक्त गरे ।

उनले शारीरिक अशक्त भएका व्यक्तिहरू कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण गर्न लागेको बताए । सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।