घटना

टीकापुरको श्रीलंकामा बाघको आक्रमणबाट एक जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ।  कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको हो। २७ वर्षीय पवनलाई शुक्रवार बिहान साढे १० बजेतिर बाघले आक्रमण गरेको स्थानीयले बताएका छन्। 

बिज्ञापन

गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको हो। उनको हात र कानमा चोट लागेको छ। स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो। नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले बताएको छ।

घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको छ। सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।