खेलकुद

इटालियन सिरी एः नापोली उपाधी नजिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। इटालियन सिरी एमा नापोलीले लेसेलाई २–१ ले पराजित गरेको छ । शुक्रवार भएको खेलमा २–१ ले बिजयी भएको नापोली उपाधितर्फ लम्किएको छ ।

शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए पछि पछि खेल बराबरी हुन पुग्यो ।

बिज्ञापन

तर बराबरीको अवस्था लामो समयसम्म भने रहन सकेन । ६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली २–१ को अन्तरले खेल जित्न सफल भयो ।

आइतबार एसी मिलानसँग ४–० ले पराजित नेपोली यस जितपछि २९ खेलबाट ७४ अंक जोडन सफल भएको छ भने नेपोलीले अब लिगका बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ भने पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ ।

यस जितसँगै शीर्षस्थानमा रहेको नापोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ । पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नापोलीले ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।