घटना

मुडामा खैरो हिरोइन सहित दुई जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुडा  । कैलालीमा शुक्रबार लागु औषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरीको पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिइएको हो। ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बि.ओ.पी.पगियापासारबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उनीहरलाई भजनी नगरपालिका –५ कौवाखेडाबाट पक्राउ गरेको हो।

बिज्ञापन

मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भइरहेको प्रहरी कार्यलयले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।